१५ वैशाख, बाजुरा । गएराति आएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ । गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी
१५ वैशाख, बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली
१४ वैशाख, बैतडी । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । गत पुसमै बालिकामाथि बलात्कार भएको
१२ वैशाख, जुम्ला । कर्णालीको पर्यटन प्रवर्द्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घण्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु गरिएको ४९ किलोमिटरको सो प्रतियोगितामा चार घण्टा ५७ मिनेट ५७
१२ वैशाख, डोटी । डोटी जिल्लाका ६५ वडामध्ये ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका ९ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । ६ वडा रहेको पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘वडा सचिव नभए पनि गाउँपालिकाका
११ वैशाख ,सिमकोट । वर्षायाम सुरु भएसँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका चौँरी यतिबेला लेक (खर्क)मा सार्न सुरु भएको छ । जाडोयामको ६ महिनाका लागि बेँसी झरेका चौँरी वर्षायाम सुरु भएसँगै लेकतिर चरिचराउका लिने गरिन्छ । जाडोयाम सुरु भएसँगै गाउँमा ल्याइएका चौँरी वर्षा लागेपछि आजभोलि लेक (खर्क) लिन सुरु गरिएको
१० वैशाख ,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आइतबार प्रदेशसभामा पुगेर शर्माले विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराइसकेका छन्। प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि
१० वैशाख ,जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । पालिकाभित्रका छवटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। पूर्ण खोप जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित
१० वैशाख, दैलेख । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ । तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले भने, “राउटे समुदायको इतिहासलाई
९ वैशाख, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दीगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय डोटीको