Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर प्रथम


१२ वैशाख, जुम्ला । कर्णालीको पर्यटन प्रवर्द्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घण्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ ।

कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु गरिएको ४९ किलोमिटरको सो प्रतियोगितामा चार घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय भएका छन् ।

यसै गरी पाँच घण्टा आठ मिनेट ४१ सेकेन्डमा तोकिएको दूरी पार गरी शेरबहादुर बुढा तृतीय स्थानमा आउन सफल भएको क्लब सचिव मधुराज न्यौपानेले बताए । सो प्रतियोगितामा पाँच घण्टा २६ मिनेट ५५ सेकेन्डमा सो दूरी पार गरेर लालचन्द्र रावल चौथो, पाँच घण्टा ३३ मिनेट आठ सेकेन्डमा सो दूरी पार गरेर सोवबहादुर रावतले पाँचै स्थान प्राप्त गरेको क्लबले जनाएको छ ।

महिलातर्फ छ घण्टा छ मिनेट २३ सेकेन्डमा जुम्लाकै मञ्जु रावत प्रथम, छ घण्टा ५४ मिनेट २७ सेकेन्डभित्र पार गरी गङ्गा भण्डारी द्वितीय र सात घण्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरी अनिता बुढा तृतीय भएका छन् ।

सात घण्टा ५५ मिनेट ३९ सेकेन्डमा सो दूरी पार गर्दै उमाकली बुढा चौथो र सात घण्टा ५९ सेकेन्ड १५ मिनेटमा दूरी पार गर्दै कुसा बुढा रोकायाले पाँचौँ स्थान प्राप्त गरिन् ।

प्रतियोगिताको उपाधि जित्ने पुुरुष, महिला सबै जुम्लाका हुन् । प्रतियोगितामा जुम्लाबाट रारा हुनसम्मको ४९ किलोमिटरमा भाग लिएका ७० मध्ये ५१ मात्रै रारा पुगेको कर्णाली स्पोर्टस् क्लब जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु एक लाख, रु ७५ हजार रु ५० र चौथो र पाँचौँ हुने खेलाडी रु २०–२० हजार नगदसहित प्रमाणपत्र प्रदान गरेको क्लबका अध्यक्ष शाहीले बताए ।

म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीले समुद्री सतहदेखि तीन हजार छ सय मिटर उचाइमा दौडेका थिए । उक्त प्रतियोगिताले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार– प्रसारमा टेवा पुग्ने उद्देश्यले हरेक वर्ष लोकतन्त्र दिवसको अवसर पारेर क्लबले जुम्ला–रारा अल्ट्रा म्याराथन गर्दै आएको छ ।

प्रतियोगितामा नेपालका १९ जिल्लाका खेलाडीसहित विदेशीतर्फ अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एक खेलाडी सहभागी भएको जनाइएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?