Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लिमीका चौरी लेख तिर सार्न थालियो


११ वैशाख ,सिमकोट । वर्षायाम सुरु भएसँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका चौँरी यतिबेला लेक (खर्क)मा सार्न सुरु भएको छ । जाडोयामको ६ महिनाका लागि बेँसी झरेका चौँरी वर्षायाम सुरु भएसँगै लेकतिर चरिचराउका लिने गरिन्छ ।

जाडोयाम सुरु भएसँगै गाउँमा ल्याइएका चौँरी वर्षा लागेपछि आजभोलि लेक (खर्क) लिन सुरु गरिएको स्थानीय कुन्जोक लामाले बताए । उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ । लेकतिर लगेपछि घुम्ती गोठ बनाएर चौँरीपालन गर्दै आउने गरेको लामाले बताए ।

चौँरीपालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा लिमीको उच्च क्षेत्रमा रहेको इङ खोला चौँरीपालनका लागि लिने गरेको उनले बताए । वडा–६ लिमीको तीनल, जाङ र हल्जी गाउँका स्थानीयवासीले यतिबेला चौँरी पालनका लागि गाउँभन्दा टाढा रहेको इङ खोला लिन सुरु गरेका छन् । यी तीन गाउँमा झन्डै दुई सयभन्दा बढी चौँरी रहेको लामाले बताउनुभयो । ती सबै चौँरी लेकतिर सार्न सुरु गरिएको छ ।

उत्तरी नाम्खा उच्च क्षेत्र रहेका यहाँ अत्यधिक चिसो हुनाका साथै हिमपातसमेत हुन्छ । बेँसी झारिएका चौँरीलाई वैशाख लागेपछि पुनः लेक लान थालिएको हो । चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या हुने भएकाले लेकतिर चाँडो लिन लागिएको हो ।

यस्तै, जाडो समय बेँसी झारिएका सिमकोट, खार्पुनाथ, सर्केगाडलगायत गाउँपालिकाका भेडाबाख्रा, गाईगोरुसमेत लेकतिर सार्न सुरु गरिएको छ । सिमकोट–२ ठेहेका भेडापालक कालु बोहराले भने, “जाडोमा बेँसीतिर झार्छौँ, गर्मी सुरु भएपछि फेरि लेकतिर लिने गर्छौँ, जाडोले पशुचौपाया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेँसी झर्नु बाध्यता हुन्छ । वर्षायाममा गर्मी हुन्छ, लेकमा रहेका पाटनमा बुकी पलाउनाका साथै पशुचौपायका लागि घाँस राम्रो पाउने हुँदा वैशाखदेखि लेक लान सुरु गरिन्छ ।”

सिमकोट गाउँपालिकाका कृषकले चुवाखोलामा पशुचौपाया पालनका लागि लिने गर्दछन् भने चुवखोला उपयुक्त क्षेत्र हो । यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा भेँडाबाख्रा, गाईभैँसी पाल्दै आएका छन् । यस्तै, पालनका लागि जिल्लाबाहिर बझाङ, अछामलगायत जिल्लामा लिइएका भेडाबाख्रासमेत यो समय लेखतिर ल्याउन थालिएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?