Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

सिञ्जा गाउँपालिका पूर्ण खोप सुनिश्चितता


१० वैशाख ,जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । पालिकाभित्रका छवटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

पूर्ण खोप जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले जानकारी दिए । खोप लगाएपछि धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनुपर्ने हुन्छ । खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको गरिएको छ ।

स्वास्थ्य शाखाप्रमुख रोकायाले भने, “अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको छ ।” कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता गाउँपालिकाको रहेको छ । पालिकाको वडा नं १ धाँपा स्वास्थ्य चौकीमा शून्यदेखि १५ वर्षसम्मका ४१ र १६ देखि २३ महिनासम्म ४६ जनालाई पूर्ण खोप लगाइएको छ ।

वडा नं २ आधारभूत स्वास्थ्य केन्द्र विष्ट वडामा शून्यदेखि १५ महिनासम्मका २९ र १६ देखि २३ महिनासम्मका ३१ जनालाई पूर्ण खोप लगाएको हो । वडा नं ३ नरोकोट स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ४३ र १६ देखि २३ महिनासम्मका ४५ जनालाई खोप लगाएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका संयोजक रोकायाको भनाइ छ ।

पालिकाको आधारभूत स्वास्थ्य केन्द्र देवीडाँडामा शून्यदेखि १५ महिनासम्मका १४ र १६ देखि १६ महिनासम्मका २६ र १६ देखि २३ महिनासम्मका ३३ बालबालिकालाई पूर्ण खोप लगाएको छ । शनिगाउँ स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ३५ र १६ देखि २३ महिनासम्मका ४१ बालबालिकालाई खोप लगाएको हो ।

आधारभूत स्वास्थ्य केन्द्र दातमा शून्यदेखि १५ महिनासम्मका ३८ र १६ देखि २३ महिनासम्मका ४० जनाले खोप लगाएका हुन् । शून्यदेखि १५ महिनाका दुई सय १२ र १६ देखि २३ महिनासम्मका दुई सय ३७ गरी चार सय ४९ जनालाई पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए ।

यहाँका सबै वडाका खोप उमेर समूहका बालबालिकाले पूर्ण खोप लगाएको हुनुपर्नेछ । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएका कारणले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउनु हुँदैन । स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकार संवेदनशील भएको सिञ्जा गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?