Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

डोटीका ३३ वडा वडासचिव विहिन


१२ वैशाख, डोटी । डोटी जिल्लाका ६५ वडामध्ये ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका ९ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । ६ वडा रहेको पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए ।

उनले भने, ‘वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् ।’जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका ४ वडामा सचिव छैनन् । ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवविहीन छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए ।

११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले २ वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताए । बडीकेदार गाउँपालिकामा वडा संख्याका आधारमा सचिव छैनन् । ५ वडा रहेको गाउँपालिकामा ३ वडा सचिवविहीन छन् ।

वडा नम्बर १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताए । ६ वडा रहेको जोरायल गाउँपालिकामा पनि २ वटा वडामा सचिव छैनन् । वडा नम्बर ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए । वडा सचिव नभएका वडामा अन्य कर्मचारीबाट कार्य सञ्चालन भइरहेको उनले बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन् । ७ वडा रहेको गाउँपालिकामा नम्बर ३ मा मात्र वडा सचिव रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए । वडा सचिव नभएका वडामा अन्य प्राविधिक र करारका कर्मचारीले काम गरिरहेका उनले बताए ।

७ वडा रहेको केआईसिंह गाउँपालिकामा पनि २ वडा सचिवविहीन छन् । वडा नम्बर १ र ७ मा सचिव नरहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए । पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकता अनुसार वडासचिव छैनन् । ७ वडा रहेको पालिकाका ३ वटा वडामा सचिवको दरबन्दी रिक्त छ ।

सचिव नहुँदा वडा नम्बर ३ र ७ मा १ जनाले हेरिरहेका छन् भने २ र ६ मा वडा सचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीले काम चलाइरहेका छन् ।

७ वडा रहेको आदर्श गाउँपालिकामा पनि ३ वटा वडा सचिवविहीन छन् । वडा नम्बर ३, ५ र ७ मा वडा सचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए । पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताए ।

प्रदेशका ८८ स्थानीय तहमध्ये ३९–४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ । कर्मचारी अभाव भए/नभएको आफूहरूलाई थाहा नहुने जनाउँदै उनी भन्छन्, ‘हामीले स्थानीय तहको मागअनुसार मात्र विज्ञापन खोल्ने गरेका छौं ।’

वडा सचिव मात्र होइन, जिल्लाका स्थानीय तहमा अन्य पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?