३ वैशाख, नवलपरासी । पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो ६ जना परिवारको खर्च चलाउँदै आएकी छन् । दैनिक चार सयदेखि ६ सयसम्म आम्दानी हुने उनी बताउँछिन् । मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार
३ वैशाख ,तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए ।“हामी उपमहानगरपालिका भन्छौँ,
२ वैशाख, भैरहवा । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली
२ वैशाख, रूपन्देही । गाउँपालिका अध्यक्षको घरमा कुकर बम फेला परेको छ । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको हो । प्रहरीले दिएको जानकारी अनुसार बम घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर राखिएको पाइएको छ । घिमिरेले तार जेलिएको वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
२ वैशाख, बाँके । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो । ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउने
१ वैशाख, नवलपरासी । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण
१ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले नयाँ वर्ष २०८० मा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने बताएका छन् । नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएकाले परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक
३० चैत ,लुम्बिनी । कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन् । व्यावसायीक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक
२९ चैत्र, पाल्पा । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँझबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ । रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा
२९ चैत्र, बाँके । जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ । जिल्लाका १९ ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन् । जिल्लामा भएका