Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

बढ्न थाल्यो कोरोना संक्रमण, सीमानाकामा उच्च सतर्कता


१ वैशाख, नवलपरासी । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ ।

भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट मानिस आवतजावत गर्ने हुँदा यहाँ बढी जोखिम रहने गर्दछ । नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र विहार प्रदेशसँग सीमा जोडिएकाले सुरुबाटै सङ्क्रमण नियन्त्रणका लागी यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।

सीमा क्षेत्र र सबै स्थानीय तहमा आवश्यक जनशक्तिसहित केही दिनमा ‘एन्टिजेन’ परीक्षण अभियान सञ्चालन गरिने छ । जिल्लामा हाल दुई हजार एन्टिजेन टेष्ट किट रहेको र अपुग भएमा मगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए । अभियानअन्तर्गत सार्वजनिक यातायात र बढी भीडभाड हुने सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा मास्क लगाउन र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गराइने छ ।

पछिल्लो पटक जिल्लामा भने कुनै पनि नयाँ सङ्क्रमित फेला परेका छैनन् । हालसम्म जिल्लामा कोभिड–१९ बाट दुई सय नौको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्ध सञ्चालन गरिएको खोपमध्ये पहिलो र दोस्रो शङ्खलाको खोप लगाउनेको सङ्ख्या एक सय प्रतिशत छ ।

त्यसैगरी पहिलो बुस्टर लगाउने ५४ प्रतिशत छ । दोस्रो बुस्टरको रुपमा अहिले सञ्चालन गरिएको बायोभ्यालेन्ट खोप लगाउनेको सङ्ख्या पाँच प्रतिशत छ । बायोभ्यालेन्ट खोप जुनसुकै खोप लगाएकाले पनि लगाउन सक्ने छन् भने अहिलेसम्म कुनै पनि खोप नलाएकाले भेरोसेल खोप लगाउन सक्ने छन् । ती दुवै खोप स्थानीय तहहरूमा गएर लगाउन सकिने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालमै पहिलो पूर्ण खोप जिल्ला घोषणा भएको पश्चिम नवलपरासीमा सङ्क्रमण फैलिन नदिन उच्च सतर्कतासहितको अभियानलाई प्रभावकारी बनाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?