Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’


३ वैशाख ,तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन ।

विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए ।“हामी उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको छैन”, उनले भने, “तर हामीले उपमहानगरपालिकाको अनुभूति नै गर्न पाएको अवस्था छैन ।”

वडा नं १ मा मात्रै पाँच/सातवटा त्यस्ता बस्ती रहेको उनले बताए । त्यहाँ तत्काल विद्युत्, खानेपानी, सडक पुर्याउनुपर्ने अपरिहार्य रहेको तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाले बताए ।

ती गाउँमा करिब दुई सय बढी घरपरिवार रहेका छन् । उपमहानगरपालिकाभित्रका यस्ता बस्तीलाई लक्षित गरी विकासको मोडेल तयार पार्ने उपप्रमुख स्यानी चौधरीले बताईन । “अझै पनि उपमहानगरपालिकाका विकट–विकट क्षेत्रले विकासको अनुभूति गर्न पाएको अवस्था छैन”, उनले भनिन, “ती बस्तीमा लक्षित गरी विकास पुर्याउन हामी पहल गर्छौँ ।”

सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता कुरालाई बढी प्राथमिकता दिने उनको भनाइ छ । सडक सञ्जाल नहुँदा बजार आवतजावत गर्न पनि निकै कठिन हुने गरेको तुलसीपुर–१ बयाले निवासी चक्रपानी उपाध्यायले बताए । “बजार आउने–जाने काम परिरहन्छ”, उनले भने, “सडक सञ्जाल गतिलो नहुँदा हिँडेरै बजार जानुपर्छ ।”

ती गाउँमा सडकको ट्रयाक खोलिएको भए पनि गाडी जान सक्दैनन् । मर्मत तथा स्तरोन्नति हुनसकेको अवस्था छैन ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?