Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

ड्युटीमा बसेका प्रहरी हवल्दारले गरे आफैलाई गोली हानी आत्महत्या


४ वैशाख, दाङ । दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आत्म हत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी वसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

डिउटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार साँझ ८: ४० बजे तिरको समयमा एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवल्दार केसीले आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन् ।

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत सहायक हवल्दार केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४÷५ दिन पहिले मात्रै आएको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?