५ चैत्र, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सङ्घीयताको सात वर्षको अनुभव उपलब्धिमूलक भएको बताएका छन् । मिडियासँग कुरा गर्दै मुख्यमन्त्री गिरीले प्राप्त उपलब्धिको संरक्षण गर्दै थप उपलब्धिका लागि प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले भने, “यो सात वर्षमा गरेको अभ्यासको अनुभवले हामी यहाँसम्म आइपुग्यौँ । यी
२ चैत्र ,लुम्बिनी। बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आज महिला स्वयंसेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कका अगुवासँग छलफल गरेको छ । छलफलमा सहभागीले बुटवलको स्वास्थ्य र हरियाली सहरका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन् । उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने
२७ फागुन, पाल्पा । डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य शुरू गरेको छ । पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो । रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिंह ठकुरीबाट परिचयपत्र वितरण कार्य शुरू भएको छ । डिजिटल प्रविधिको परिचयपत्र
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताउनुभएको छ । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उहाँले उल्लेख गर्नुभयो । एक सय
लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयको समय आउनै लाग्दा पुरानो गठबन्धन दलका शिर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बालुवाटारमा जम्मा भएका हुन् । यसअघि यी राजनीतिक दलका नेताहरु छुट्टाछुट्टै छलफलमा थिए ।उम्मेदवारी मनोनयनको
लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिनुभएको छ । यसअघि उहाँले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश
लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उहाँले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिनुभएको हो । गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गर्नुभएको उहाँको निजी सचिवालले जनाएको छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् । घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । बिहान १२ बजे सम्म एक सय ९५ मत खसेको छ । राष्ट्रियसभा सदस्यका लागि ६० जना प्रदेशसभा सदस्य र एक सय
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल