Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

राष्ट्रपति निर्वाचन : चार दलका शिर्ष नेता बालुवाटारमा


काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयको समय आउनै लाग्दा पुरानो गठबन्धन दलका शिर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बालुवाटारमा जम्मा भएका हुन् ।

यसअघि यी राजनीतिक दलका नेताहरु छुट्टाछुट्टै छलफलमा थिए ।उम्मेदवारी मनोनयनको अघिल्लो दिन सबै पार्टीका नेताहरु बालुवाटारमा भेला भएका हुन् ।

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउदै आएको छ । देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूती, अर्थतन्त्रका चुनौतीहरू सम्वोधन, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न आवश्यक रहेको माओवादी केन्द्रको भनाई छ । देशको भूराजनीतिक अवस्था र जनमतका कारण पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु राम्रो हुने माओवादीका नेताहरुले बताउदै आएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेश महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

शिर्ष नेताहरुको छलफलमा राष्ट्रिय सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?