Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बुटवलको सेवा र विकास रणनीति तय गर्न छलफल


२ चैत्र ,लुम्बिनी। बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आज महिला स्वयंसेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कका अगुवासँग छलफल गरेको छ ।

छलफलमा सहभागीले बुटवलको स्वास्थ्य र हरियाली सहरका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन्‌ । उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले महिला स्वयंसेविका, पार्क तथा सामुदायिक वन उपभोक्ता समूहका अगुवासँग छलफल गरेको हो ।

सहभागी वक्ताहरूले बुटवल उपमहानगरलाई देशकै अग्रणी सहरका रूपमा स्थापित गर्नका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्‌ ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबै क्षेत्रका समस्या समाधान गर्दै अगाडि बढ्ने बताए। उनले बुटवललाई साझा सहरका रूपमा स्थापित गर्दै अगाडि बढ्न सबै क्षेत्रको साथ जरुरी रहेको बताए।

उनले महिला स्वयंसेविकाका समस्यालाई स्थानीयरूपमा समाधान गर्न सकिने र सङ्घ वा प्रदेशबाट समाधान हुने गरी अगाडि बढाउने बताए । उनले सामुदायिक वन र पार्कलाई पर्यटकीयस्थल र विश्रामस्थलका रूपमा विकसित गर्दै जानुपर्ने बताए ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?