Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बुटवलको सेवा र विकास रणनीति तय गर्न छलफल


२ चैत्र ,लुम्बिनी। बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आज महिला स्वयंसेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कका अगुवासँग छलफल गरेको छ ।

छलफलमा सहभागीले बुटवलको स्वास्थ्य र हरियाली सहरका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन्‌ । उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले महिला स्वयंसेविका, पार्क तथा सामुदायिक वन उपभोक्ता समूहका अगुवासँग छलफल गरेको हो ।

सहभागी वक्ताहरूले बुटवल उपमहानगरलाई देशकै अग्रणी सहरका रूपमा स्थापित गर्नका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्‌ ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबै क्षेत्रका समस्या समाधान गर्दै अगाडि बढ्ने बताए। उनले बुटवललाई साझा सहरका रूपमा स्थापित गर्दै अगाडि बढ्न सबै क्षेत्रको साथ जरुरी रहेको बताए।

उनले महिला स्वयंसेविकाका समस्यालाई स्थानीयरूपमा समाधान गर्न सकिने र सङ्घ वा प्रदेशबाट समाधान हुने गरी अगाडि बढाउने बताए । उनले सामुदायिक वन र पार्कलाई पर्यटकीयस्थल र विश्रामस्थलका रूपमा विकसित गर्दै जानुपर्ने बताए ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?