Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

लुम्बिनी


गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला

१९ वैशाख, लुम्बिनी । लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्मोदयसभा परिसरमा रहेको नवमैत्री महावीर बिहारको प्राङ्गणमा सर्वज्ञ धातु स्तूपा

जग्गा नापजाँच सुरु भएपछि स्थानीय खुसी

१९ वैशाख ,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु भएको छ । नगरपालिकाको वडा नं १ सेतापानीबाट नापीको काम सुरु भएको हो । नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम सुरु गरेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । सेतापानीमा विसं २०६१/६२ मा बस्ती

पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

१९ वैशाख ,तुलसीपुर । दाङका सबै पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन् । जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतितिनिधि निर्वाचित भएकोे बेला नै सो नीति बनाएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार काम गर्नुपर्ने भएकाले स्थानीय

जमुनाहा नाका दुई दिन बन्द हुने

१८ वैशाख, नेपालगञ्ज । नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । मङ्गलबार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने जानकारी

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

१७ वैशाख ,रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप

इ–रिक्सा चालक महिलालाई सम्मान

१७ वैशाख ,लुम्बिनी । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आज इ–रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ । श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ चालक महिलालाई सम्मान गरेको हो । बुटवल उपमहानगरपालिकामा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला

लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

१७ वैशाख ,लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएको छन् । यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लागेको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए । प्रदेशसभामा रहेका आठ दलको

दाङको कर्णाली ‘गङ्गटे’मा मन्त्री मास्की पुग्दा…

१७ वैशाख, दाङ । दाङको कर्णाली भनेर चिनिने ‘गङ्गटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिन मात्रै बल्यो, त्यसपछि विद्युत् बलेन

पशुमा फैलिँदै लम्पीस्किन सङक्रमण

१७ वैशाख ,देउखुरी । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ । बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ । रोगका

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा

१६ वैशाख ,भालुवाङ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकि छन् । दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको बताईन् । उनले भनिन्, “पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक

सम्वन्धित समाचारहरु