Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

इ–रिक्सा चालक महिलालाई सम्मान


१७ वैशाख ,लुम्बिनी । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आज इ–रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ ।

श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ चालक महिलालाई सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकामा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकका इ–रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।

पाण्डेयले इ–रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलालाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईंले इ–रिक्सा चालक महिला आत्मनिर्भर भएको बताए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?