Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु


१७ वैशाख ,रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।

तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी १६ः३० बजेको समयमा रोल्पाको गङ्गादेव गाउँपालिका–२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप ओरालो कच्ची बाटोमा अचानक बे्रक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए ।

जीपमा सवार चालकसहित १० जनामध्ये नौ घाइते भएका छन् । घाइतेलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले बताएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?