Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु


१७ वैशाख ,रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।

तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी १६ः३० बजेको समयमा रोल्पाको गङ्गादेव गाउँपालिका–२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप ओरालो कच्ची बाटोमा अचानक बे्रक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए ।

जीपमा सवार चालकसहित १० जनामध्ये नौ घाइते भएका छन् । घाइतेलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले बताएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?