Trending
>>   आज मिति २०८१ साल मङ्सिर १० गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

लुम्बिनी


सिद्धार्थ राजमार्ग अवरुद्ध

१४ श्रावण, रूपन्देही । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ

बेचिएर फर्किएका महिलालाई सहज जीवनयापनमा सहयोग

१३ ,श्रावण ,लुम्बिनी । बेचिएर फर्किएका महिलालाई सहज जीवनयापनमा सहयोग गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक पहलद्वारा सञ्चालित ‘सम्मान परियोजना’को आयोजनामा आज बुटवलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको सहकार्यमा बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले नेपालमा

लुम्बिनी स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित

१३ ,श्रावण ,लुम्बिनी । लुम्बिनी प्रदेशसभाले स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेशसभाको हिजो बसेको बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको हो । प्रदेशसभा सामाजिक विकास समितिका तर्फबाट अघिल्लो बैठकमा प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरिएको थियो ।

तिलोत्तमामा ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम

१२ श्रावण, रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ । सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने भएकाले नगरभित्रका विद्यार्थीले हरेक शुक्रबार पाठ्यपुस्तक बोक्नु नपर्ने भएको छ । पाठ्यपुस्तकरहित शुक्रबारअन्तर्गत नगर क्षेत्रभित्रका

दाङमा बन्द भए करीब तीन सय घरेलु उद्योग

१२ श्रावण, दाङ दाङमा आर्थिक वर्ष २०७९÷८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका

कार्यबहाक प्रधानमन्त्री खड्का द्वारा वीरेन्द्र सैनिक अस्पतालको निरिक्षण

११ ,श्रावण ,काठमाडौँ ।  कार्यवहाक प्रधानमन्त्रीमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरिक्षण गर्नु भएको छ ।कार्यबहाक प्रधानमन्त्री खड्काले अस्पताल निरिक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका बिभिन्न बिभागमा पुगेर जानकारी लिनु भयो । यस्तै सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरुसंग पनि

पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान

११ साउन, पाल्पा । पर्यटकीय क्षेत्रको विकास गर्न पदयात्रा कार्यक्रम सुरु गरिएको छ । पाल्पाको तानसेनमा ओझेलमा परेका तर पर्यटन क्षेत्रको सम्भावना बोकेका क्षेत्रको खोजी गर्दै पदयात्रा अभियान कार्यक्रम थालनी भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले साउन महिनाको प्रत्येक शनिबार पर्यटकीय गन्तव्यको पहिचान

पुल नबन्दा बारीमै कुहियो तरकारी

११ श्रावण, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । बाढीले क्षतिग्रस्त बनाएको छ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ ,श्रावण ,देउखुरी । दाङको देउखुरी लमही–३ नर्तीमा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालया प्रहरी प्रवक्ता राजनकुमार गौतमका अनुसार सडकमा पैदल

जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

१० श्रावण, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताउनुभयो । उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा

सम्वन्धित समाचारहरु