Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य ज्ञवालीको निधन


२० श्रावण, गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य तथा पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही दिन यता बिरामी परेका ज्ञवाली उपचारका लागि बुटवल गएको र बुटवलमा उपचार गराएर थप उपचारको लागि काठमाडौँ जाने तयारी गरिरहँदा उपचारको क्रममा उहाँको निधन भएको स्थानीय प्रेम भण्डारीले जानकारी दिए ।

जिल्लाको ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दैआएका ज्ञवाली विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका थिए । गुल्मीबाट पत्रकारिता सुरु गरेका ज्ञवालीले धेरै वर्ष पोखरामा रहेर विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका थिए ।

ज्ञवाली पुनः गुल्मी जिल्लामा आएर केही वर्ष यता ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका थिए । उनि प्रेस चौतारी लुम्बिनी प्रदेशको सदस्य समेत थिए ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?