Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य ज्ञवालीको निधन


२० श्रावण, गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य तथा पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही दिन यता बिरामी परेका ज्ञवाली उपचारका लागि बुटवल गएको र बुटवलमा उपचार गराएर थप उपचारको लागि काठमाडौँ जाने तयारी गरिरहँदा उपचारको क्रममा उहाँको निधन भएको स्थानीय प्रेम भण्डारीले जानकारी दिए ।

जिल्लाको ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दैआएका ज्ञवाली विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका थिए । गुल्मीबाट पत्रकारिता सुरु गरेका ज्ञवालीले धेरै वर्ष पोखरामा रहेर विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका थिए ।

ज्ञवाली पुनः गुल्मी जिल्लामा आएर केही वर्ष यता ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका थिए । उनि प्रेस चौतारी लुम्बिनी प्रदेशको सदस्य समेत थिए ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?