१६ जेष्ठ ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको छ । आजै अपराह्न ५ बजे उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दाहसंस्कार गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले
१६ जेठ, भक्तपुर । यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो । आगलागीबाटरु दुई करोड २९ लाख बराबरको क्षति भयो । तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए । आगलागीस्थलबाट नजिकैको
१६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो । नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क
१६ जेठ, काडमाडाैँ । जेठ ५ गतेदेखि बन्द गरिएको मेलम्ची खानेपानी सोमबार बेलुकी देखि काठमाडौं उपत्यका तर्फ छाडिएको छ । सुरुङमा पथान्तरण गरिएको पानी बिहीबार देखि वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिए । सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाको निर्माण गर्न
१५ जेठ, काठमाडाैँ । सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने जनाएका
१५ जेठ, काठमाडाैँ । सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताए । त्यस्तै सूर्यविनायक धुलिखेल
१५ जेठ, हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा पीडित जग्गाधनीलाई जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएकाले रुट सार्नु पर्नेलगायत माग राखी स्थानीयवासीले लाइनको तार (कन्डक्टर) फेर्ने
१५ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि सङ्घ तथा प्रदेश
१५ जेठ, काठमाडाैँ । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ । आइतबार दिउँसो कलङ्की चोकमा
१५ जेठ, काठमाडाैँ । १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ । पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको हो । पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी,