Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जिल्ला निर्वाचन कार्यालयसम्बन्धी सरकारको निर्णयप्रति कानुन समाजको ध्यानाकर्षण


२३ जेष्ठ ,काठमाडौँ । नेपाल कानुन समाज/संविधान निगरानी समूहले सरकारले बजेट भाषणमार्फत गरेको निर्वाचन कार्यालयको व्यवस्थापनसम्बन्धी निर्णय अविलम्ब फिर्ता लिन अपिल गरेको छ ।

ती संस्थाले आज प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचन आयोगको संवैधानिक स्वरुप, निर्वाचनका अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल चुस्त, दुरुस्त र सुविधा सम्पन्न बनाई आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी, पारदर्शी र विश्वासयोग्य बनाउन सघाउ पुर्याउन सरकारलाई अनुरोध गरेका छन् ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने सिलसिलामा अर्थमन्त्रीबाट भएको जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत निर्वाचन एकाइको रुपमा रहने व्यवस्था प्रस्ताव भएकोमा समाज र समूहको गम्भीर ध्यानाकर्षण भएको समाजका कार्यकारी निर्देशक कृृष्णमान प्रधानले विज्ञप्तिमार्फत जानकारी गराएक छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?