Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जिल्ला निर्वाचन कार्यालयसम्बन्धी सरकारको निर्णयप्रति कानुन समाजको ध्यानाकर्षण


२३ जेष्ठ ,काठमाडौँ । नेपाल कानुन समाज/संविधान निगरानी समूहले सरकारले बजेट भाषणमार्फत गरेको निर्वाचन कार्यालयको व्यवस्थापनसम्बन्धी निर्णय अविलम्ब फिर्ता लिन अपिल गरेको छ ।

ती संस्थाले आज प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचन आयोगको संवैधानिक स्वरुप, निर्वाचनका अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल चुस्त, दुरुस्त र सुविधा सम्पन्न बनाई आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी, पारदर्शी र विश्वासयोग्य बनाउन सघाउ पुर्याउन सरकारलाई अनुरोध गरेका छन् ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने सिलसिलामा अर्थमन्त्रीबाट भएको जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत निर्वाचन एकाइको रुपमा रहने व्यवस्था प्रस्ताव भएकोमा समाज र समूहको गम्भीर ध्यानाकर्षण भएको समाजका कार्यकारी निर्देशक कृृष्णमान प्रधानले विज्ञप्तिमार्फत जानकारी गराएक छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?