Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

रासस र काठमाडौँ महानगरपालिकाबीच सहयोग र सहकार्यको प्रस्तावमाथि छलफल


२३ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय समाचार समिति र काठमाडौँ महानगरपालिकाबीच समाचार सामग्री सङ्कलन, सम्प्रेषण र प्रयोगसहित विविध क्षेत्रमा सहयोग र सहकार्यका विषयमा छलफल भएको छ ।

रासस केन्द्रीय कार्यालय भद्रकालीमा महानगरका प्रवक्ता र सूचना तथा सञ्चार महाशाखा प्रमुखसहितको प्रतिनिधिमण्डल र राससका शीर्ष पदाधिकारीबीच समाचार सम्प्रेषणसहित संस्थागतरूपमा गर्न सकिने सहयोग र सहकार्यलगायतका विषयमा छलफल भएको हो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरपालिकासँग सम्बन्धित समाचार सामग्री प्राथमिकताका साथ सम्प्रेषण गरिरहेको स्पष्ट गर्दै समाचार सामग्री सम्प्रेषणका अतिरिक्त सम्भावित अन्य क्षेत्रमा सहयोग र सहकार्यको प्रस्ताव गरे ।

राससको समाचार सेवा, समाचार सामग्रीको प्रयोग एवं प्रभाव, सेवाग्राही भएवापत समितिलाई व्यहोर्नुपर्ने शुल्कलगायतका विषयमा जानकारी गराउँदै अध्यक्ष झाले सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्ने जिम्मेवारी रहेको राससलाई विश्वास गरी लाभान्वित हुन काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गरे ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सूचना र समाचार सम्प्रेषणका क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति रहेको राससजस्तो महत्वपूृर्ण एवं जिम्मेवारी निकायबाट आएको सहयोग र सहकार्य प्रस्तावलाई यथासक्य छिटो कार्यान्वयनमा लगि लाभान्वित हुनेपर्नेमा जोड दिए ।

महानगरपालिकाका सूचना तथा सञ्चार विभाग प्रमुख नमराज ढकालले समाचारका अतिरिक्त सामाजिक, सांस्कृतिक, सूचना प्रविधिलगायतका क्षेत्रमा सहयोग र सहकार्य गर्न सकिने धारणा व्यक्त गरे ।

राससका महाप्रबन्धक सिद्धराज राई, प्रमुख समाचारदाता उत्तम सिल्वाल र प्रधानसम्पादक एकराज पाठकले राससको कार्यसञ्जाल, समाचार सेवा, समाचार सम्प्रेषण गर्नुअघिको प्रक्रिया, सेवाग्राही सङ्ख्या र समाचारको प्रभावका विषयमा जानकारी गराउँदै काठमाडौँ महानगरपालिकासँगको सहयोग र सहकार्यको प्रस्ताव कार्यान्वयनमा जोड दिए ।

यसअघि प्रवक्ता मानन्धरसहितको प्रतिनिधिमण्डलले गणतन्त्र दिवसका उपलक्ष्यमा रासस केन्द्रीय कार्यालयमा प्रदर्शित हाम्रो संस्कृति हाम्रो सम्पदा विषयक तस्बिर प्रदर्शनी अवलोकन गरेका थिए । प्रदर्शनी यही जेठ ११ गतेदेखि रासस केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?