काठमाडौँ । ‘बुबाआमा नभएका कारण मैले नागरिकता बनाउन पाइन । यसकारण राज्यबाट प्रदान हुने सुविधामा पहुँच भएन । मैले के गर्नुपर्छ?’ काठमाडौँ महानगरपालिका वडा नं. ३० ले आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा एक किशोरीले प्रश्न गर्नुभयो । विदेशी बुबा वेपत्ता भए । लेनदेन व्यवहारमा आमा जेल परिन । यो अवस्था
नुवाकोट । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरिएको छ । मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोष गरे । मन्त्री
काठमाडाैं । हक्की प्रशासककाे छवि बनाएका पूर्व प्रशासक तथा प्रशासन विज्ञ खड्गबहादुर श्रेष्ठकाे पहलमा विपन्न बिद्यार्थीहरूलाइ शैक्षिक सामग्री वितरण गरिएकाे छ । उनका अनुसार चन्द्रागिरी नगरपालिका ६ मातातिर्थ स्थीत श्री महाँलक्ष्मी आधारभूत विद्यालयका अति बिपन्न ३५ जना छात्र-छात्रालाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे । गरिबिको कारण बिद्यालयले तोकेको छालाको जुत्ता
काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासंघको विधान अनुसार सदस्यता टुंगाएर निर्वाचनको सुनिस्चित गर्न आग्रह गरेको हो । युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श
काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् । उनी १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख बसन्त रजाैरेले बताए ।
काठमाडाैं । अब पीडितको सहमति तथा उजुरीमाथि सुनुवाइ गरेर मात्र कैद माफी मिनाहा हुने भएको छ । राष्ट्रपतिले दिने कैद माफी बारम्बार विवादमा परेपछि सरकारले यससम्बन्धी कानुन संशोधन गरेको हो । सोमबार राजपत्रमा प्रकाशित फौजदारी कसुर (कैदकट्टा) नियमावलीअनुसार ज्यानसम्बन्धी कसुरमा पीडित परिवारको सहमतिपत्र अनिवार्य गरेर मात्रै कैद माफी दिने व्यवस्था गरिएको छ ।
काठमाडौं । फुटपाथ विस्तारका नाममा काठमाडौं महानगरपालिकाले काटेको न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा कालोपत्रे गरिएको छ । फुटपाथ विस्तार गर्न भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनाअनुसार काटिएको सडकलाई कालोपत्रे गरेर पुरानै अवस्थामा फर्काइएको हो ।
काठमाडौं । भारतको मुम्बईबाट आइतबार काठमाडौं उत्रिएका यात्रुले लगाएको ट्राउजरबाट आधा किलोग्राम सुन बरामद भएको छ ।इन्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५७ बाट आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका गुल्सन पाण्डेले लगाएको पाइजामा भित्र आधा केजी सुन बरामद भएको हो । पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरेर लुकाएको
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संघीय सरकारबाट स्वीकृति मिलिसकेपछि सिंगापुर भ्रमण रद्ध गरेका छन् । जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको नवौँ ‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेनले संघीय सरकारसँग स्वीकृतिका लागि पत्र पठाएका थिए । उक्त पत्रअनुसार संघीय सरकारको मन्त्रिपरिषद्ले बालेनको सिंगापुर भ्रमण
काठमाडौँ । प्रस्तावित सुनकोसी-२ एघार सय मेगावाट क्षमताको आयोजनाका कारण रामेछापमा माझी महिलाहरूको मानव अधिकार असुरक्षित भएको अन्तर्राष्ट्रिय महिला तथा मानवअधिकारवादी संस्थाहरूले जनाएको छ ।काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, अन्तर्राष्ट्रिय संस्थाहरू एपीडब्लुएलडी र सेन्टर फर इकोनोमिक एन्ड सोसियल राइट्सका प्रतिनिधिहरूले एक स्थलगत अध्ययन रिपोर्ट