Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

विमान दुर्घटनामा ज्यान गुमाएकाकाे नाममा म्याप फाउन्डेसन


काठमाडाैँ । साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माकाे परिवारले फाउन्डेसन मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल स्थापना गरिने भएकाे छ । फाउन्डेसनले अक्षय काेषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने भएकाे छ । साथै विभिन्न सामजिक कार्यक्रममार्फत समाजकाे विकासमा टेवा पुर्याउने लक्ष्य लिएकाे छ ।

मृतक आइटी इन्जिनियर मनुराज शर्माकाे नाममा आविष्कारक, अन्वेषक, अनुसन्धानकर्ता र अनुगमनकर्तालाई हरेक वर्ष पुरष्कृत गरिने मनुराजकाे परिवारले जनाएकाे छ ।`हाम्रा सन्तती नै हाम्रा सम्पत्ति हुन् । उनीहरूकाे सम्झना र याेगदानलाई सधैँभरी सम्झिने उद्देश्यले उनीहरूकाे नाममा फाउन्डेसन स्थापना गर्न लागिएकाे हाे,´ पारिवारिक स्राेतले बतायाे ।

त्यसैगरी निजामती सेवामा रहेकी प्रिजा खतिवडाकाे नाममा उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई पुरष्कृत गरिनेछ । दुर्घटनामा परी ज्यान गुमाएकी प्रिजा खतिवडाकी आमा उषा पाेखरेलले भनिन्, `हाम्री छाेरीले इमान्दार कर्मचारीकाे रूपमा १२ वर्षसम्म काम गरेकी थिइन्। त्यसकै सम्झनामा अक्षयकाेष जुटाएर हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई पुरष्कृत गर्ने भएका हाैँ ।

चार वर्षे नावालक नाति अधिराजकाे नाममा अर्यालहरूकाे थातथलाे सप्तरीकाे बैरवाका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ । बाल्यकालमै ज्यान गुमाएका अधिराज शर्माका हजुरबुवा प्रकाश खतिवडाले भने, `पढाइमा तेज मेराे नातिलाई पढाउने मेराे इच्छा पूरा भएन । तर, पढ्ने चाहना हुँदाहुँदै पढ्न नपाएका दलित, अल्पसङ्ख्यक र अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिन लागेका हाैँ ।´

यसका साथै म्याप फाउन्डेसनकाे सक्रियतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूकाे सहकार्यमा सामाजिक तथा चेतनामूलक कार्यक्रम गरिनेछ । सामाजिक सञ्जाल फेसबुकमा खतिवडाले विभिन्न सराेकारवाला संघसंस्थासँग सल्लाह, सुझाव र सहयाेगका लागि अपिल समेत गरेका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?