Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विमान दुर्घटनामा ज्यान गुमाएकाकाे नाममा म्याप फाउन्डेसन


काठमाडाैँ । साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माकाे परिवारले फाउन्डेसन मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल स्थापना गरिने भएकाे छ । फाउन्डेसनले अक्षय काेषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने भएकाे छ । साथै विभिन्न सामजिक कार्यक्रममार्फत समाजकाे विकासमा टेवा पुर्याउने लक्ष्य लिएकाे छ ।

मृतक आइटी इन्जिनियर मनुराज शर्माकाे नाममा आविष्कारक, अन्वेषक, अनुसन्धानकर्ता र अनुगमनकर्तालाई हरेक वर्ष पुरष्कृत गरिने मनुराजकाे परिवारले जनाएकाे छ ।`हाम्रा सन्तती नै हाम्रा सम्पत्ति हुन् । उनीहरूकाे सम्झना र याेगदानलाई सधैँभरी सम्झिने उद्देश्यले उनीहरूकाे नाममा फाउन्डेसन स्थापना गर्न लागिएकाे हाे,´ पारिवारिक स्राेतले बतायाे ।

त्यसैगरी निजामती सेवामा रहेकी प्रिजा खतिवडाकाे नाममा उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई पुरष्कृत गरिनेछ । दुर्घटनामा परी ज्यान गुमाएकी प्रिजा खतिवडाकी आमा उषा पाेखरेलले भनिन्, `हाम्री छाेरीले इमान्दार कर्मचारीकाे रूपमा १२ वर्षसम्म काम गरेकी थिइन्। त्यसकै सम्झनामा अक्षयकाेष जुटाएर हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई पुरष्कृत गर्ने भएका हाैँ ।

चार वर्षे नावालक नाति अधिराजकाे नाममा अर्यालहरूकाे थातथलाे सप्तरीकाे बैरवाका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ । बाल्यकालमै ज्यान गुमाएका अधिराज शर्माका हजुरबुवा प्रकाश खतिवडाले भने, `पढाइमा तेज मेराे नातिलाई पढाउने मेराे इच्छा पूरा भएन । तर, पढ्ने चाहना हुँदाहुँदै पढ्न नपाएका दलित, अल्पसङ्ख्यक र अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिन लागेका हाैँ ।´

यसका साथै म्याप फाउन्डेसनकाे सक्रियतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूकाे सहकार्यमा सामाजिक तथा चेतनामूलक कार्यक्रम गरिनेछ । सामाजिक सञ्जाल फेसबुकमा खतिवडाले विभिन्न सराेकारवाला संघसंस्थासँग सल्लाह, सुझाव र सहयाेगका लागि अपिल समेत गरेका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?