Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बुबाको हत्या,आमा र छोराको विचल्ली !


भक्तपुर । मध्यपुर थिमि दिव्यश्वरी जग्गा प्लानिंगको एउटा टहरामा जीवन काटिरहेका आमाछोरा हिजोआज अहिले के खाने ? भरे के खाने ? भन्ने चिन्तामा छन् । पाँचथर घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ दिव्यश्वरी जग्गा प्लानिंगमा बनेको एउटा टहरामा भाडामा बसेर जीवन विताइरहेका दीक्षा लिम्वू (नागरिकताको नाम चित्रकला मगर) र उनका १४ महिनाको छोरा निर्मल लिम्वुको चिन्ताको कारण हो, गरिवी । गरिव हुँंदाहुँंदै पनि जेनतेन जीवन विताइरहेका उनीहरुको परिवारमा कमाई ल्याउने श्रीमान्को हत्या भएपछिबाट उनको परिवार समस्यामा पर्न थालेको हो ।

परिवारले बताए अनुसार गएको जेठ २ गते श्रीमान् पाँंचथर घर भई भक्तपुरको टहरामा भाडामा रहेका वर्ष २७ का सुमन लिम्वुको मनमोहन अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि उनी वैशाख ७ गते दिव्यश्वरी जग्गा क्षेत्रमै कुटपिटमा परेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो ।

पीडित दीक्षाका अनुसार श्रीमान्माथि पाँंचजनाको समूहले धारिलो हतियार प्रयोग गरेका थिए । घाइते भएपछि तत्कालै उनलाई अस्पताल पुरयाइएको थियो । तर झण्डै २५ दिनको उपचारपछि श्रीमान् यो संसार त्याग गरे । त्यसपछिबाट हाम्रो बेहाल भएको छ, दीक्षाले भनिन्, कतै जाउँ. भने सानो छोरा छ, के गरु कसरी खाउँं ।दीक्षाका अनसार झगडा गर्ने पक्षहरु चिनजानकै थिए । उनीहरु त्यो बेला जाँंडरक्सी पिउँंदै थिए । यही क्रममा उनीहरुवीच विवाद हुन थाल्यो । विवाद्ले उग्र रुप लिंदा कुटपिटसमेत हुन थाल्यो र श्रीमान् सुमन गम्भीर घाइते भए ।

दीक्षाका अनुसार अहिले उनको परिवार विभिन्न दानीहरुबाट दिएको दानको आधारमा चलिरहेको छ । मेरो दुःख देखेर कसैले दयामायाँं गरेर दिएको सहयोगमा हामी आमा छोराको जीवन चलिरहेको छ, उनले दुःख विसाइन्, कहिलेसम्म यसरी मागेको भरमा चल्ने होला र ?

पीडितका दाइ नाता पर्ने अर्जुन मगरका अनुसार घटनापछि कुटपिटमा संलग्न रहेका पाँंचजनालाई प्रहरीले पक्राउ गरेको थियो । स्थानीय उतम कोजू, सुमन खड्का, सुजन खड्का, राजीव मोक्तान र सञ्जय मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको थियो । तर पछि मिलापत्र भई उपचार खर्च व्यहोरिदिने सहमति पछि उनीहरुलाई छोडिएको थियो । पछि फेरि पीििडतको मृत्यु भएपछि उनीहरुलाई प्रहरीले फेरि पक्राउ गरेको थियो । तर अहिले उनीहरु बाहिरै छन् ।


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?