Trending
>>   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा >>   यी दुइ प्रदेशमा हल्का बर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

वागमती


अन्तर्वार्ता : प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो- मन्त्री शर्मा

२० वैशाख ,काठमाडौँ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२० वैशाख ,काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको

अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एक पक्राउ

१९ वैशाख ,काठमाडौँ । नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी

मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने

१९ वैशाख ,काठमाडौँ । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “मिटरब्याजीसम्बन्धी

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर

१९ वैशाख ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधारााका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टराईको २०७५ मङ्सिरसम्मको सम्पत्तिमाथि छानबिन गरिएको थियो । उपसचिव भट्टराईले रु एक

पाठकको चाप बढेपछि प्रज्ञाको पुस्तक प्रदर्शनीको अवधि एक हप्ता थप

१९ वैशाख ,काठमाडौँ । नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको चाप बढ्न थालेपछि एक हप्ता समय थप गरिएको छ । प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी यही वैशाख २५ गतेसम्म चल्ने व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी

छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

१९ वैशाख, काठमाडाैँ । काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन्। विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् । पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा

ठमेलमा अपराध रोक्न एकमहिने अभियान

१९ वैशाख, काठमाडाैँ । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सुचारू

१९ वैशाख, काभ्रे । काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा आज बिहान करिब १ बजेतिर मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ । बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीका स्थानीय अन्दाजी ६० वर्षीय

१८ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

१९ वैशाख, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो । भासिएको ठाउँमा ग्यावियन जाली भरेर

सम्वन्धित समाचारहरु