काठमाडौं। आज हरिबोधिनी एकादशी: काठमाडौं उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण) लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो
काठमाडौं। मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा वृहत् प्रदर्शन हुने भएको छ । मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले बिहीबार काठमाडौं केन्द्रित प्रदर्शन गर्दै छ भने अभियानले काठमाडौंका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो । त्यस्तै, अभियानका
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने विषयमा सरकार तत्काल निर्णय गर्ने स्थितिमा पुग्न लागेको बताएका छन् । ललितपुरमा आज सुरु भएको जलविद्युत् र दिगो विकाससँग सम्बन्धित क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री बस्नेतले आगामी १२ वर्षमा सरकारले २८
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन बुधबारकै मूल्यमा कारोबार भइरहेको र तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको
काठमाडौं। एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उक्त प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ भने निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । त्यस्तै, तिनकुने क्षेत्रमा एमाले नेता
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ । बुधबार बसेको आयोगको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनतालाई अनुभूति हुने गरी काम गरिरहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्व तयारीका लागि आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गरेका हुन् । “म मन्त्रालय आएदेखि सबैको साथ र
काठमाडौं। विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गरे । त्यसैगरी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । त्यस्तै, आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच