Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेकपा एमालेका अध्यक्ष ओली आज कैलाली आउँदै


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्न आज कैलाली जाने भएका छन् ।

एमालेले मंसिर १४ गतेबाट मध्य पहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ भने अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन् । उनीसँगै उपाध्यक्षहरू ईश्वर पोख्रेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन् । त्यस्तै, पुष्पलाल राजमार्ग नामाकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ ।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए अनुसार, तीन सातामा टुङ्ग्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भइरहेको छ ।

 


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?