Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेकपा एमालेका अध्यक्ष ओली आज कैलाली आउँदै


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्न आज कैलाली जाने भएका छन् ।

एमालेले मंसिर १४ गतेबाट मध्य पहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ भने अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन् । उनीसँगै उपाध्यक्षहरू ईश्वर पोख्रेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन् । त्यस्तै, पुष्पलाल राजमार्ग नामाकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ ।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए अनुसार, तीन सातामा टुङ्ग्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भइरहेको छ ।

 


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?