Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

हिमालय रोडिज सिजन ५ ले सोमबार राति नयाँ विजेता पाउने


काठमाडौं। हिमालय रोडिज सिजन ५ ले सोमबार राति नयाँ विजेता पाउनेछ । उपाधिका लागि विश्व मगर र सञ्जीप राई भिड्दैछन् भने दुवै प्रतिस्पर्धी ग्याङ लिडर लाउरेको टिमका भएकाले, जसले जिते पनि उनको दुवै हातमा लड्डु हुने देखिन्छ ।

पोखराको फेवातालमाथिको उकालो डाँडामा गह्रुंगो मुढा बोकेर चढेको दृश्य निकै रोचक देखिन्छ । डाँडामा पुगेर राष्ट्रिय झण्डा फहराएको दृश्य र पृष्ठभूमिमा पोखरा र फेवातालको दृश्य मर्मस्पर्शी देखिन्छ भने निर्देशक सिमोस सुनुवारले ट्रेलरलाई पनि ‘सिनेम्याटिक स्टाइल’मा पेश गरेका छन् । तपाईंले फिनालेको ट्रेलर हेर्नुभएको छ भने यो निकै रोचक र एड्भेन्चर हुनेवाला छ । ट्रेलरमा दुवै फाइनलिस्टलाई कठिन टास्कसहित प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ ।

त्यस्तै, ट्रेलरमा ग्याङ लिडर लाउरेले आफ्ना दुवै प्रतिस्पर्धीलाई ऊर्जा दिंदै भनेका छन्, ‘आफ्नो जीउमा एक थोपा पनि एनर्जी रहनुभएन लास्टमा नपुगुञ्जेलसम्म । बरु ढल्ने, म रगत दिन आउँछु ।’ पाँचौं सिजनमा लाउरेसहित अनुपविक्रम शाही, दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रुपमा थिए ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?