Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

हिमालय रोडिज सिजन ५ ले सोमबार राति नयाँ विजेता पाउने


काठमाडौं। हिमालय रोडिज सिजन ५ ले सोमबार राति नयाँ विजेता पाउनेछ । उपाधिका लागि विश्व मगर र सञ्जीप राई भिड्दैछन् भने दुवै प्रतिस्पर्धी ग्याङ लिडर लाउरेको टिमका भएकाले, जसले जिते पनि उनको दुवै हातमा लड्डु हुने देखिन्छ ।

पोखराको फेवातालमाथिको उकालो डाँडामा गह्रुंगो मुढा बोकेर चढेको दृश्य निकै रोचक देखिन्छ । डाँडामा पुगेर राष्ट्रिय झण्डा फहराएको दृश्य र पृष्ठभूमिमा पोखरा र फेवातालको दृश्य मर्मस्पर्शी देखिन्छ भने निर्देशक सिमोस सुनुवारले ट्रेलरलाई पनि ‘सिनेम्याटिक स्टाइल’मा पेश गरेका छन् । तपाईंले फिनालेको ट्रेलर हेर्नुभएको छ भने यो निकै रोचक र एड्भेन्चर हुनेवाला छ । ट्रेलरमा दुवै फाइनलिस्टलाई कठिन टास्कसहित प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ ।

त्यस्तै, ट्रेलरमा ग्याङ लिडर लाउरेले आफ्ना दुवै प्रतिस्पर्धीलाई ऊर्जा दिंदै भनेका छन्, ‘आफ्नो जीउमा एक थोपा पनि एनर्जी रहनुभएन लास्टमा नपुगुञ्जेलसम्म । बरु ढल्ने, म रगत दिन आउँछु ।’ पाँचौं सिजनमा लाउरेसहित अनुपविक्रम शाही, दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रुपमा थिए ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?