Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उत्तराखण्डमा सुरुङभित्र फसेका मजदुरको १७ औं दिनसम्म पनि भएन उद्धार


काठमाडौं। भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन । मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

त्यसैगरी, सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ जना मजदुर फसिरहेका छन् । उनीहरुलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको छ भने उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काम भइरहेको छ । भाँचिएको भाग काटेर निकालेपछि अहिले हातैले खनेर मान्छे छिर्ने पाइप सुरुङभित्र घुसाउने प्रयास भइरहेको छ । त्यस्तै, भारतीय मिडिया द क्वीन्टका अनुसार दुई मिटरसम्म म्यानुअल ड्रिलिङ (हातले खन्ने काम) भइसकेको छ । समाचार अनुसार हातले खन्दै माटो बाहिर फ्याँक्ने र मेसिनमार्फत् पाइप घुसाउँदै जाने काम भइरहेको छ ।

मजदुरहरुलाई निकाल्न पहाडको माथिबाट पनि भर्टिकल (ठाडो गरी) मेसिनले खन्ने काम भइरहेको छ भने कुल ८६ मिटर ड्रिल गर्नुपर्नेमा ५० मिटर गहिरो ड्रिल भइसकेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन् । भारतका मौसमविदले पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेकाले उद्धारको काम प्रभावित हुने हो कि भन्ने चिन्ता थपिएको छ ।

त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् भने उनले सुरुङभित्र १७ दिनदेखि थुनिएका मजदुरहरुका लागि देवीदेवताहरुसँग प्रार्थना गरेको भन्दै ट्वीट पनि गरेका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?