Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा आर्मीको विजयी सुरुवात


काठमाडौं। केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

आर्मीले सोमबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको निलो टिममाथि ११० रनको जित निकालेको हो। समूह ‘डी’ को यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ६ विकेटको क्षतिमा १९५ रन जोड्यो । बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले २ विकेट लिए ।

त्यस्तै, १९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रनमा अलआउट भयो भने उसका लागि निर्भीक पाठकले सबैभन्दा बढी २८ रन बनाएका थिए । आर्मीका लागि सन्तोष कार्कीले ४१ रन र कप्तान विनोद भण्डारीले ३८ रन जोडे । कुशल मल्लले २१ बलमा ३ छक्काको मद्दतमा २५ रन र विवेक यादवले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा नटआउट २९ रन जोडे ।

बलिङमा आर्मीका कुशल मल्लले ३ विकेट लिए। उनले १.४ ओभर बलिङ गर्दा २ रन मात्र खर्चिए। जितेन्द्र मुखिया र साहब आलामले २/२ विकेट लिए । त्यसअघि आजै भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?