Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

वागमती


राष्ट्रिय सम्मानसहित मुकेशको अन्त्येष्टि

२८ वैशाख ,काभ्रेपलाञ्चोक । दोस्रो जनआन्दोलनमा घाइते भई बुधबार साँझ उपचारका क्रममा निधन भएका बनेपाका ३२ वर्षीय मुकेश कायस्थको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा दाहसंस्कार गरिएको हो । बनेपा नगरपालिका–८ का कायस्थको शव आज बिहान ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलि अर्पणका लागि

सिङ्गापुर, मान्दिभ्स र दुबई पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

२८ वैशाख ,काठमाडौँ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा घर भई काठमाडौँको वसुन्धारा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने

एमाले केन्द्रीय कमिटी बैठक : विभिन्न प्रतिवेदन पेस

२८ वैशाख ,काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिक)ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

२८ वैशाख ,काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी

दुई दिनमा दुई गैँडा मृत भेटिए

२८ वैशाख ,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौराहाको पटना क्षेत्र

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

२८ वैशाख, नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद बिस्तार रोकिएको छ, अब एक हप्ताका सरकारले पूर्णता पाउनेछ ।” उनले बजेट निर्माणको पूर्वसन्ध्यामा

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

२८ वैशाख, ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन् । क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या

तातोपानी नाका आंशिक निर्यातमा सीमित

२८ वैशाख, सिन्धुपाल्चोक । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् ।

शिक्षकले परीक्षा हलबाट निकालिदिएपछि मेडिकलकी विद्यार्थीले गरिन् आत्महत्या

२८ वैशाख, चितवन । शिक्षकले परीक्षा हलबाट निकालेपछि चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छन् । बुधबार दिउँसो भएको परीक्षाका क्रममा शिक्षकले हलबाट निकालेपछि २१ वर्षीय सिम्रन थापाले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् । सिम्रन बीडीएस चौथो वर्षमा अध्ययनरत थिइन् । परिक्षा हलबाट निकालिएपछि उनी आफ्नो कोठामा गएकी

होटलमा खाजा खान आएका ग्राहकको छुरा हानेर हत्या

२८ वैशाख, धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन्

सम्वन्धित समाचारहरु