Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला बूढानीलकण्ठमा


६ जेष्ठ ,काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्ग-निर्देशन तथा रोजगार मेला सुरु भएको छ । नगरपालिका परिसरमा सञ्चालित मेलामा नगरप्रमुख मीठाराम अधिकारीले उद्घाटन गरे ।

नगरप्रमुख अधिकारीले युवालाई देशमै केही गरौँ भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “युवा विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि गएका युवाहरु फर्किएर नेपालमै काम नगरेको अवस्था छ । युवालाई स्वदेशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्ने उत्प्रेरणा दिने उद्देश्यले नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।”

नगरपालिका उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार बनाउन गर्न र युवाशक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिईन् । उनले ज्ञान, सीप, क्षमता भएका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राखिन् ।

उपप्रमुख लामाले नगरको आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा शिक्षालाई प्रथामिकता दिँदै स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको जनाईन् ।

नगरपालिका प्रवक्ता नवराज भट्टराईले मेलाको पहिलो दिन पाँच हजार पाँच सयभन्दा बढी युवा मेलामा सहभागी भएका जानकारी दिए । उनले जेठ ६ र ७ गते दुई दिन सञ्चालन हुने मेलामा नगरले आकलन गरेका भन्दा धेरै युवाले सहभागिता जनाउन सक्ने अनुमान गरेको बताए ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?