Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाको अध्यक्षमा लामा


६ जेष्ठ ,काठमाडौँ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाले भीम लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शाखाको आज सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौलागाईँ र रुपचन्द्र महर्जन, सचिवमा योगेन्द्र चौलागाईँ, सहसचिवमा बद्री चौलागाईँ र गणेश विक, कोषध्यक्षमा सुजन पाख्रिन तथा सदस्यमा डिगबहादुर श्रेष्ठ र स्यारोन घिसिङ छन् ।

कार्यसमितिले दुई सदस्य मनोनयन गर्नेछ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रिकारिता क्षेत्र सधैँ अग्रगमनको पक्षमा रहेर व्यावसायिकरूपमा निष्पक्ष लेखन गर्नुपर्ने बताए । उनले सूचनाको अधिकारलाई जनतासम्म पु¥याउन प्रेसको महत्वपूर्ण भूमिका हुने हुँदा यसको स्वतन्त्रताको पक्षमा सङ्गठन सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा (एकीकत समाजवादी)का काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठले सञ्चार जगत्ले गर्ने अनुसन्धानपछि आउने समाचारले मुलुकमा भइरहेका ठूला भ्रष्टाचारका काण्ड बाहिरिएको बताउँदै यस्ता विकृतिलाई न्यूनीकरण गर्न प्रेसले खोजी गरिरहनुपर्ने विचार व्यक्त गरे ।

समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले साना लगानीका सञ्चारमाध्यमको जगेर्नाका लागि विज्ञापन बोर्डले लगानी बढाउनपर्ने बताए । प्रेस चौतारी नेपाल काठमाडौँ शाखाका अध्यक्ष मकुन्द भुसालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक गर्न सबै सङ्गठन एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष भीम लामाले श्रमजीवीको हक, हित अधिकार पक्षमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?