Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाको अध्यक्षमा लामा


६ जेष्ठ ,काठमाडौँ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाले भीम लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शाखाको आज सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौलागाईँ र रुपचन्द्र महर्जन, सचिवमा योगेन्द्र चौलागाईँ, सहसचिवमा बद्री चौलागाईँ र गणेश विक, कोषध्यक्षमा सुजन पाख्रिन तथा सदस्यमा डिगबहादुर श्रेष्ठ र स्यारोन घिसिङ छन् ।

कार्यसमितिले दुई सदस्य मनोनयन गर्नेछ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रिकारिता क्षेत्र सधैँ अग्रगमनको पक्षमा रहेर व्यावसायिकरूपमा निष्पक्ष लेखन गर्नुपर्ने बताए । उनले सूचनाको अधिकारलाई जनतासम्म पु¥याउन प्रेसको महत्वपूर्ण भूमिका हुने हुँदा यसको स्वतन्त्रताको पक्षमा सङ्गठन सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा (एकीकत समाजवादी)का काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठले सञ्चार जगत्ले गर्ने अनुसन्धानपछि आउने समाचारले मुलुकमा भइरहेका ठूला भ्रष्टाचारका काण्ड बाहिरिएको बताउँदै यस्ता विकृतिलाई न्यूनीकरण गर्न प्रेसले खोजी गरिरहनुपर्ने विचार व्यक्त गरे ।

समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले साना लगानीका सञ्चारमाध्यमको जगेर्नाका लागि विज्ञापन बोर्डले लगानी बढाउनपर्ने बताए । प्रेस चौतारी नेपाल काठमाडौँ शाखाका अध्यक्ष मकुन्द भुसालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक गर्न सबै सङ्गठन एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष भीम लामाले श्रमजीवीको हक, हित अधिकार पक्षमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?