Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु


६ जेठ, चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो ।

यस्तै गैँडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन् । रेग्मी सामान्य घाइते भएको र उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?