Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रातो मच्छेन्द्रनाथको रथलाई प्रहरी र पूजारीको सुरक्षा


६ जेठ, ललितपुर । वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ ।

मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी दिए ।

रथारोहनको सुरुको दिनदेखि मुख्य पुजारी सुरोजन शाक्य (जलपानेजु), सहायक पुजारी भीमरत्न शाक्य (खल पानेजु) सहित चार सहयोगी रथको सुरक्षा तथा पूजापाठका लागि खटिएका छन् ।

मच्छिन्द्रनाथको रथ सुरक्षा तथा पूजापाठका लागि खटिएका सहयोगी स्वर्णिम महर्जनका अनुसार यदि कुनै कारण रथ दुर्घटना भएमा मूर्तिलाई अरूले छुन नमिल्ने हुँदा सहयोगीले मूर्तिलाई सुरक्षित साथ राख्न सहयोगीको आवश्यकता परेको हो ।

साइतअनुसार करिब दुई महिनाभन्दा बढी चल्ने रातो मच्छिन्द्रनाथको जात्रा हाल केही दिनयता लगनखेलको थती टोलमा रोकिएको छ । थति टोलमा पूजापाठ गर्न भक्तजनको बिहान र बेलुका भीडभाड हुने गरेको छ ।

पुजारीको सहयोगका लागि खटिएका अर्का सहयोगी सुजल बज्राचार्यका अनुसार प्रत्येक वर्ष पुजारी परिवर्तन हुन्छन् र दुई पुजारीको सहयोगका लागि खटिएका चार सहयोगीले धूप बाल्ने, प्रसाद दिने र लिनेलगायतका कार्य गर्छन् ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएको छ । साइतअनुसार हाल लगनखेलको थती टोलमा रोकिएको मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट यही जेठ ८ गते पश्चिमतिर तानेर जावलाखेल पुर्याइनेछ ।

विद्या, धन, सम्पत्ति, शान्ति, समृद्धिलगायत सबै कुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद् बताउँछन् । रातो मच्छेद्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो ।

जावलाखेलमा पुर्याएर भोटो देखाएपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखेर बुङ्गमती पुर्याएपछि जात्रा समापन हुन्छ । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यस जात्राको सुरुआत गराएको किंवदन्ती रहेको छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?