Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

रातो मच्छेन्द्रनाथको रथलाई प्रहरी र पूजारीको सुरक्षा


६ जेठ, ललितपुर । वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ ।

मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी दिए ।

रथारोहनको सुरुको दिनदेखि मुख्य पुजारी सुरोजन शाक्य (जलपानेजु), सहायक पुजारी भीमरत्न शाक्य (खल पानेजु) सहित चार सहयोगी रथको सुरक्षा तथा पूजापाठका लागि खटिएका छन् ।

मच्छिन्द्रनाथको रथ सुरक्षा तथा पूजापाठका लागि खटिएका सहयोगी स्वर्णिम महर्जनका अनुसार यदि कुनै कारण रथ दुर्घटना भएमा मूर्तिलाई अरूले छुन नमिल्ने हुँदा सहयोगीले मूर्तिलाई सुरक्षित साथ राख्न सहयोगीको आवश्यकता परेको हो ।

साइतअनुसार करिब दुई महिनाभन्दा बढी चल्ने रातो मच्छिन्द्रनाथको जात्रा हाल केही दिनयता लगनखेलको थती टोलमा रोकिएको छ । थति टोलमा पूजापाठ गर्न भक्तजनको बिहान र बेलुका भीडभाड हुने गरेको छ ।

पुजारीको सहयोगका लागि खटिएका अर्का सहयोगी सुजल बज्राचार्यका अनुसार प्रत्येक वर्ष पुजारी परिवर्तन हुन्छन् र दुई पुजारीको सहयोगका लागि खटिएका चार सहयोगीले धूप बाल्ने, प्रसाद दिने र लिनेलगायतका कार्य गर्छन् ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएको छ । साइतअनुसार हाल लगनखेलको थती टोलमा रोकिएको मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट यही जेठ ८ गते पश्चिमतिर तानेर जावलाखेल पुर्याइनेछ ।

विद्या, धन, सम्पत्ति, शान्ति, समृद्धिलगायत सबै कुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद् बताउँछन् । रातो मच्छेद्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो ।

जावलाखेलमा पुर्याएर भोटो देखाएपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखेर बुङ्गमती पुर्याएपछि जात्रा समापन हुन्छ । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यस जात्राको सुरुआत गराएको किंवदन्ती रहेको छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?