२० चैत्र, भक्तपुर । यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो । हरेक वर्ष रथ तान्ने क्रममा
२० चैत्र, चितवन । आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र
२० चैत्र, चितवन । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवनमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने भएका छन् । चितवन-२ मा हुने उपनिर्वाचनमा उनले रविलाई समर्थन गर्ने बताएका हुन् । ‘छोटो समयमा देशले रूपान्तरण खोजेको छ । त्यो रूपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ । र, त्यो
१९ चैत्र, काठमाडौं । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि
१८ चैत्र, काठमाडाैँ । चन्द्रागिरी डाँडामा हिमपात भएको छ । चन्द्रागिरीमा यो वर्षको यो नै पहिलो हिमपात हो । यसभन्दा अघिका वर्षहरूमा माघ तथा फागुन महिनामा हिउँ पर्ने गरेको भएता पनि यो वर्ष भने चैत्र महिनाको पनि मध्यपछि परेको छ । चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको । पछिल्लो
१७ चैत्र, चितवन। छ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन
१६ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपचुनावमा आफ्नो जित हुने दाबी गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले उनलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले आफ्नो जित हुने दाबी गरेका हुन् । सञ्जारकर्मीहरूसँग बोल्दै उनले मङ्सिरको हावाहुरी वैशाखमा
१५ चैत्र, काठमाडाैँ । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त
१५ चैत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बाग्मती सभ्यताहरुको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त धारण राखेका हुन्। ‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ ।' उनले भने ' हामी
१५ चैत्र, चितवन। चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’(एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो । ‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको