Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने


२८ वैशाख ,भक्तपुर । चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ ।

यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर)को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा आज दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गरेका हुन् ।

नगरप्रमुख खत्रीले भने, “यहाँ आउनु अगाडि रु आठ–दश लाख सहयोगको घोषणा गरौँला भनेर आएको थिएँ, तर यहाँको अवस्था देख्दा यसको स्थायित्व नै गरेर जानुपर्ने देखेँ, त्यसैले यसका लागि स्थायी भवन निर्माण गर्न आवश्यक जग्गा र भवन निर्माणको काम आउँदो वर्षबाटै सुरु हुने गरी आउँदो बजेटमा व्यवस्था गर्ने गरी अगाडि बढ्नेछौ, अब यसको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिन्छ ।”

उनले आश्रममा रहेका ५० अनाथ असहायलाई भोजनको व्यवस्था गर्दै थप नौ हजार आर्थिक सहयोग प्रदान गरे ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले अनाथ, असहाय, सडक मानवको उद्धार गरी समाजमा पुनःस्थापना गर्ने र आश्रय दिने काम सहज नभएको भन्दै यस्तो पुण्य कामलाई सबैको सहयोग आवश्यक रहेको बताए ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईँले आठ वर्षअघि सात जना सडक मानवलाई सडकमै गएर खाना खुवाएर सुरु गरिएको यो अभियान आजका दिनसम्म आइपुग्दा भक्तपुरसहित काभ्रे, काठमाडौँ, दाङ र बाराका छवटा शाखामा तीन सय ५० जनालाई उद्धार गरी व्यवस्थितरूपमा राखिएको बताईन् ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?