Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

राष्ट्रिय सम्मानसहित मुकेशको अन्त्येष्टि


२८ वैशाख ,काभ्रेपलाञ्चोक । दोस्रो जनआन्दोलनमा घाइते भई बुधबार साँझ उपचारका क्रममा निधन भएका बनेपाका ३२ वर्षीय मुकेश कायस्थको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा दाहसंस्कार गरिएको हो । बनेपा नगरपालिका–८ का कायस्थको शव आज बिहान ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलि अर्पणका लागि बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।

कायस्थको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लास्थित राजनीतिक दलका नेता, कार्यकर्ता उपस्थित थिए ।

सो अवसरमा मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । दोस्रो जनआन्दोलनका क्रममा विसं २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा सुरक्षाकर्मीको गोली लागी मुकेश घाइते भएका थिए । विसं २०४८ भदौ ९ गते जन्मिनुभएका मुकेश १७ वर्ष एक महिना अर्धचेत अवस्थामा जीवन बिताए ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै नगर तथा जिल्लास्थित सबै राजनीतिक दलले शोक विज्ञप्ति जारी गरेका छन् । मुकेशको निधनमा बनेपा नगरले आज सबै प्रकारको सेवा बन्द गर्यो ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?