Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक : विभिन्न प्रतिवेदन पेस


२८ वैशाख ,काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिक)ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन पेस गरे ।

यस्तै, अभियानको समीक्षा प्रतिवेदन अभियानमा खटिएका नेताहरूले पेस गरे । कोशी प्रदेशको राजेन्द्र गौतम, मधेस प्रदेश सचिव रघुवीर महासेठ, बागमती प्रदेशको सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सचिव पद्मा अर्याल, लुम्बनी प्रदेश सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश सचिव योगेश भट्टराई र सुदूरपश्चिम प्रदेशको सचिव लेखराज भट्टले अभियानको समीक्षा प्रतिवेदन पेस गरे ।

यस्तै, उपत्यका विशेष प्रदेशको समीक्षा प्रतिवेदन पोलिटब्यूरो सदस्य सुजिता शाक्य र सम्पर्क समन्वय समितिको प्रतिवेदन स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रस्तुत गरे । आज पेस गरिएका प्रतिवेदनमाथि भोलि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल हुने छ ।

सोही आठ समूहले निकालेको निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले वार्षिक कार्ययोजना प्रस्तुत गर्ने नेता गुरुङले जानकारी दिए । भोलि नै स्थायी कमिटी बैठकले समीक्षा प्रतिवेदनलाई आधार बनाएर वार्षिक कार्यक्रम बनाइने उनको भनाइ थियो ।

मिसन ग्रासरुट अभियानले पार्टीले उठाउने काम तथा नेता र जनताबीचको सम्बन्धलाई पुनःजागरण गर्ने काम गरेको उपमहासचिवसमेत रहेका नेता गुरुङले जानकारी दिए । “अभियानले जुनरूपमा हाम्रो आचारण, व्यवहार शुद्ध हुनुपर्दथ्यो त्यो नभएको पाइयो”, उनले भने, “पार्टीभित्र शुद्धीकरण अभियान पनि सञ्चालन गर्नुपर्दछ । वार्षिक योजनामा समावेश गर्ने छौँ ।”

प्रचार विभाग उपप्रमुख गुरुङका अनुसार अभियानको सबभन्दा राम्रो प्रभाव लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा देखिएको छ । ती प्रदेशमा अभियानका क्रममा ६० प्रतिशत सदस्य नवीकरण भएको उनले बताए । नवीकरण हुन बाँकी रहेका असार मसान्तसम्म हुने जनाइएको छ ।

पार्टीले गणपूरक सङ्ख्या नपुगेका तल्लोस्तरका कमिटीलाई अधिवेशन गर्नुपर्ने उनको भनाइ छ । युवालाई पार्टीमा सहभागी गराउनका लागि नयाँ शिराबाट अधिवेशन गर्ने बैठकले निष्कर्ष निकालेको जनाइएको छ । पार्टीको वैचारिक कामलाई व्यवस्थित गर्न पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रम केन्द्रीय कमिटीदेखि तल्लो तहको कमिटीसम्म पठाउने निर्णय गरेको छ ।

पार्टी प्रवेश गरेकालाई जेठ मसान्तभित्र नवीकरण गर्ने र जेठ महिनाभित्र नै तल्लो कमिटीको सिफारिसमा जिम्मेवारी दिइनेछ । बैठकले यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले गरेका निर्णयको अनुमोदन गरेको छ । बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?