Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग


२८ वैशाख ,काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् ।

प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई पनि कारबाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले भने, “वर्तमान सरकारले गरेको राम्रा कामका लागि ‘स्यालुट’ र साथ हुन्छ, तर आग्रह वा पूर्वाग्रह राखेर निर्दोष फस्ने दोषी उम्कने हुनु हुँदैन ।”

सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति सबैले साथ दिनुपर्नेमा जोड दिए । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत ‘इन्ट्रेस्ट’ र दबाबमा नपरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले नक्कली भूटानी प्रकरणमा कुनै पनि हालतमा सरकारले खुट्टा कमाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले जनपक्षीय काममा आफू र आफ्नो सङ्गठन सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?