१७ ,श्रावण ,काठमाडौँ । ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान
१७ श्रावण, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन
१७ श्रावण, काठमाडाैँ । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । तामाङ समूदायले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै प्रहरी परिसरमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा उनीहरूले प्रहरी कार्यालयको गेटमाथि ढुंगामुढा गरेको प्रहरीले जानकारी दिएको छ । तामाङ समुदायको बारेमा विवादास्पद अभिव्यक्ति दिएकी पाण्डेविरूद्ध प्रहरीले पक्राउ पुर्जी लिइसकेको
१७ श्रावण, काठमाडाैँ । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो । अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार
१७ श्रावण, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । “मलाई थाहा छ
१७ श्रावण, चितवन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र
१६ श्रावण, काठमाडाैँ । न्यु सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले आफ्नो कार्यालय खोलेको घोषणा गरेको छ । मंगलबारबाट यस संस्थाले काठमाडाैँको उत्तरढोकास्थित लाजिम्पाटमा कार्यालयको उद्घाटन गरेको हो । न्यू सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले स्थानीय समुदायलाई विस्तारित वित्तीय सेवा र सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । यस संस्थाले सेवाग्राहीहरूलाई बचत तथा
१६ श्रावण, काठमाडाैँ । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि.लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत
१६ श्रावण, काठमाडाैँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती भोग्न बाध्य छन् । काठमाडौँ महानगरपालिकाको ठेक्कामार्फत उक्त सडक कालेपत्र गरिए पनि तीन महिनामै भत्किएको थियो । कालोपत्र भत्किएपछि मर्मतको
१६ श्रावण, काठमाडौं । काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चानबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् । सार्वजनिक वस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले साउन १५ गते सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय,यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षिय छलफल गरेका हुन् । छलफलका क्रममा काठमाडौं