Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सूचनाको हकलाई तल्लो तहसम्म पुर्‍याउन राष्ट्रिय सम्मेलन


काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पुर्‍याउन आज यहाँ एक दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्मेलन आयोजना गरिएको महासङ्घले जनाएको छ । देशभर सुचनाको हकको महत्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन अभियानकर्ता, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी, महिला, युवा, विद्यार्थी र काठमाडौं उपत्यकाभित्र रहेका सरकारी कार्यालयका सूचना अधिकारीको समेत सम्मेलनमा सहभागीता रहेको छ । नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन २०६४, नियमावली २०६५, कार्यविधि एवं निर्देशिकासमेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा नराखेको जनाइएको छ । संविधान प्रदत्त मौलिक हकलाई नागरिकस्तरबाट व्यापकरुपमा व्यावहारिक प्रयोग गर्न सार्वजनिक निकायबाट सहजै सूचना लिने दिने वातावरण बनोस् भनेर महासङ्घले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

सम्मेलनमा सूचनाको हकको क्षेत्रमा क्रियाशील सातै प्रदेश र ७७ वटै जिल्लाका चार सय अभियानकर्मीको सहभागीता रहेको छ । सम्मेलनको पहिलो दिन तीन फरक फरक विषयमा प्यानल छलफल हुनेछ । पहिलो सत्रमा सूचनाको हकको प्रवद्र्धनमा नागरिक संस्था र सञ्चार क्षेत्रको भूमिका र चुनौती विषय रहेको छ । दोस्रो छलफलमा गरिब महिला, अल्पसङ्ख्यक युवाको सूचनामा पहुँच र तेस्रो विषय नेपालमा सूचनाको स्वत :प्रकाशनको अभ्यास र चुनौतीको रहेको छ ।

दोस्रो दिन शुक्रबार महासङ्घले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महासङ्घ काठमाडौं उपत्यका प्रदेश समितिका अध्यक्ष ताराबहादुर भण्डारीले राजनीतिक दलका सूचना अधिकारीको पनि कार्यक्रममा सहभाागिता रहने जानकारी दिए । सूचनाको हक नागरिकलाई अधिकार सम्पन्न बनाएको कानुन भएकाले यसको कार्यान्वयनका लागि नागरिक संस्थाका रुपमा सक्रियता लिएको महासङ्घले जनाएको छ ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?