Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सेयर बजारमा दोहोरो अंकले गिरावट


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ ।  मंगलबार २०२२.९१ को विन्दुमा बन्द भएको नेप्से बुधबार ‘इन्ट्रा–डे’ कारोबारमा २ हजारको विन्दुबाट झरेर १९९३.४६ मा पुगेको थियो । तर, अन्तिम समयमा केही सुधार हुँदै ०.९१ प्रतिशतले घटेर २ हजारको विन्दु माथि नै बन्द भएको हो । बुधबार नेप्सेका सबै उपसूचका गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो । लगातार रुपमा बढीरहेको हाइड्रोपापावर उपसूचक बुधबार भने सर्वाधिक गिरावट भएको हो । हाइड्रोपावर उपसूचक १.५१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.४२ प्रतिशत, व्यापार उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.३८ प्रतिशतले गिरावट भएको हो ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब नाघेको कारोबार रकम बुधबार भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो । ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड १९ लाख र रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । १९३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ । बुधबार कारोबार भएकामध्ये मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरमूल्य ९.९० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरको सेयरमूल्य ७.९१ प्रतिशत र मोलुङ हाइड्रोपावरको सेयरमूल्य ७.६० प्रपतिशतले वृद्धि भएको छ । लक्ष्मी भ्यालु फण्ड २ को इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा शुभम् पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ७.६३ प्रतिशतले घटेर बन्द भएको छ ।

 


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?