Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा


काठमाडौं । नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिनुभएको हो । खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सङ्खुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएका हुन् ।

“सङ्खुवासभामा विसं २०७० र २०७९ सालको निर्वाचनमा कांग्रेसलाई विजयी बनाएको र आगामी दिनमा पनि कांग्रेसको सङ्गठनलाई मजबुद बनाउन जिल्लामा रहेका साथीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न सभापति पदबाट राजीनामा दिएको हुँ”, उनले भने । नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनाताको काममा क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?