Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ


काठमाडौं । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ समेत परेका छन् । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बताएको छ ।

यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । इलाका प्रहरी कार्यालय सिंगटी स्रोतले भने सुनजस्तो देखिने चार पिस पहेंलो धातु बरामद भएको जनाएको थियो तर उक्त पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?