Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ


काठमाडौं । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ समेत परेका छन् । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बताएको छ ।

यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । इलाका प्रहरी कार्यालय सिंगटी स्रोतले भने सुनजस्तो देखिने चार पिस पहेंलो धातु बरामद भएको जनाएको थियो तर उक्त पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?