काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए । उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । अहिले बाराका प्रमुख जिल्ला अधिकारी
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका छन् । सगरमाथा क्षेत्रको अवलोकनका लागि उनी आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुगेका थिए । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति
काठमाडौं । बाराको मस्जिद चोकमा गोली चलेको छ । मोटरसाइकलमा आएका व्यक्तिले एक जनालाई गोली हानेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले बताएका छन् । उक्त घाइतेलाई अस्पताल लगिएको छ भने गोली चलाउने व्यक्तिको खोजी सुरु भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टिकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी रहेका छन्। चारदिने नेपालमा भ्रमणका क्रममा रहेका महासचिव गुटेरेस आज
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गरेका थिए । सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी
काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा कायम भएको छ । २ असोजमा नेप्सेमा सुचीकृत भएको कम्पनीको सेयर दोस्रो बजारमा पहिलो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन र चाँदीको मूल्य घटेको हो । गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ४५०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा. रुपक सापकोटा नियुक्तभएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत रहेका छन् भने यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी