Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

लुम्बिनीले गण्डकीलाई हराउँदा सेमिफाइनलमा पुग्यो एपीएफ


काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्लब केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई हराउँदा एपीएफ नेट रन रेटमा अघि रहँदै समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको हो भने समूहमा ३ वटै टिमले २/२ खेल खेल्दा समान अङ्क भएपछि एपीएफ अन्तिम ४ मा पुगेको हो ।
त्यस्तै, पोखरा रङ्गशालामा लुम्बिनीले दिएको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रन बनाउँदा अल आउट भयो भने गण्डकीका सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान विपिन खत्रीले १९ र दिनेश बुढामगरले १३ रन जोडे भने बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसैनले ४, अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट ।

त्यसैगरी यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । लुम्बिनीका धुर्व सुनार र नर सार्कीले समान २३ रन बनाए भने बलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ र चन्द्र पौडेलले २ विकेट लिए ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?