Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लुम्बिनीले गण्डकीलाई हराउँदा सेमिफाइनलमा पुग्यो एपीएफ


काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्लब केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई हराउँदा एपीएफ नेट रन रेटमा अघि रहँदै समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको हो भने समूहमा ३ वटै टिमले २/२ खेल खेल्दा समान अङ्क भएपछि एपीएफ अन्तिम ४ मा पुगेको हो ।
त्यस्तै, पोखरा रङ्गशालामा लुम्बिनीले दिएको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रन बनाउँदा अल आउट भयो भने गण्डकीका सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान विपिन खत्रीले १९ र दिनेश बुढामगरले १३ रन जोडे भने बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसैनले ४, अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट ।

त्यसैगरी यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । लुम्बिनीका धुर्व सुनार र नर सार्कीले समान २३ रन बनाए भने बलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ र चन्द्र पौडेलले २ विकेट लिए ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?