Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण थालौँ, युवालाई सहुलियत ऋण दिऔँ : प्रदीप पौडेल


काठमाडौं। जाजरकोटमा भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणको लागि नेपाली काँग्रेसको तर्फबाट नेतृत्व गरेर गएको केन्द्रीय सदस्य प्रदीप पौडेलको टोली फर्किएको छ । काँग्रेसले एक हजार अस्थायी आवास बनाउने निर्णयअनुसार अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली काम थालिसकेको छ । त्यस्तै, काँग्रेसले नलगाढ नगरपालिका ५ मा दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य सम्पन्न गरेको नेता पौडेलले बताएका छन् भने उनले जाजरकोटाबाट फर्किएपछि सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउन आवश्यक भएको बताएका छन् । टहरा निर्माणका लागि ठुलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ रहेको छ ।

त्यसैगरी चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने, भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थायी संरचना तथा विद्यालय पुनर्निर्माण तत्काल गर्नुपर्ने, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने उनले बताएका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?