Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

बौद्ध साहित्यको ‘शतसह्रसिका प्रज्ञापारमिता’बजारमा


काठमाडौं। बौद्ध साहित्यको एक लाख श्लोक रहेको ‘शतसह्रसिका प्रज्ञापारमिता’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको छ । बुद्धवचन अनुवाद समितिले हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थको उक्त कृतिलाई सामान्य धर्मावलम्बीलाई समेत बुझाउन सरल नेपाली भाषामा अनुवाद गरेको हो । त्यसैगरी चार वर्षको समयावधिमा करिब रू दुई करोड ५० लाखको लागतमा कृति अनुवाद गरिएको स्वयम्भूस्थित पहेंलो गुम्बाका बौद्ध गुरु झ्याड्चे छ्योजे गोसेक रिम्पोछेले जानकारी दिए । उनका अनुसार बौद्ध साहित्यमा महत्त्वपूर्ण मानिने शून्यता दर्शनमा आधारित ज्ञानलाई लिपिबद्ध गरिएको यस कृतिमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व नरहेको, वस्तु तथा पदार्थ सहअस्तित्वमा आधारित हुने, सत्ता तथा शक्ति परिवर्तनशील हुनेलगायत सन्देश दिइएको छ । समाजमा मानिस लोभ, मोह, रिस र रागबाटमुक्त भएपछि प्राप्त हुने मानवीयताले एकापसमा सद्भाव, भाइचारा, सामाजिक न्याय, समानता कायम भई मानवकल्याण तथा विश्व शान्ति र समृद्धिको चाहना पूरा हुने उपाय उक्त कृतिमा उल्लेख गरिएको छ ।

त्यस्तै, रिम्पोछेले विश्वशान्ति र मानवकल्याणका लागि बौद्ध दर्शनलगायतका आध्यात्मिक शिक्षाको महत्त्व रहेको बताउँदै अज्ञानताका कारण संसारमा युद्ध, हिंसा भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न बौद्ध दर्शन र साहित्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड समेत दिए । बुद्धवचन अनुवाद समितिका अध्यक्ष एवं बौद्ध विद्धान टीका शेर्पाले आठौँ शताब्दीमा सम्भोट भाषामा लिपिबद्ध गरिएको उक्त बौद्ध साहित्यलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रियरुपमा प्रवर्धन गर्न आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिए । उनका अनुसार कृतिलाई १६ वटा पुस्तकमा प्रकाशन गरिएको छ भने ६५ हजार मूल्य राखिएको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?