Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

हनी ट्र्याप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरूद्ध मुद्दा


काठमाडौँ । हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसहित सरकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा ६ जनाविरूद्ध मुद्दा दायर भएको छ।

जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएर संखुवासभा घर भई ललितपुरको सानागाउँ बस्ने इन्द्रकुमार राईबाट उनीहरूले सुरूमा ६० लाख रकम माग गरेको र ३० लाख रकम असुल गरेको आरोप छ। बार्गेनिङ गरेर इन्द्रकुमारले सुरूमा २० लाख रकम भीमादेवीको खातामा पठाएका थिए भने १० लाखको चेक काटेर दिएको खुलेको हो।

उनीहरूले इन्द्रकुमारलाई प्रहरी प्रभाग बुंगमतीमा पुर्‍याएर इन्स्पेक्टर शाहीकै अगाडि उक्त रकम माग गरेको खुलेको हो।


प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?