Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

हेटौँडा उपमहानगर र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम


काठमाडौं। मकवानपुरको हेटौँडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एक कार्यक्रम गरेर दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम गरिएको हेटौँडा उपमहानगरले जनाएको छ भने प्रमुख लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमत पत्रमा हस्ताक्षर गरेका हुन् । त्यसैगरी गुरु रेम्पोछेको प्रतिमा शिलान्यास सहित दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापितको उद्देश्यले आयोजित कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी लगायतको उपस्थिति थियो भने हेटौँडा उपमहानगरपालिकाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट आफ्नो पहिलो भगिनी सम्बन्ध सुरुवात गरेको हो ।

त्यस्तै, दुई पालिकाकाबीच आपसमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाई लगायतका विषय आदान-प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौँडा उपमहानगरपालिकाको भनाई रहेको छ । गुरु रेम्पोछेको प्रतिमा शिलान्यास सहित दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापितको उद्देश्यले आयोजित कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी लगायतको उपस्थिति थियो भने हेटौँडा उपमहानगरपालिकाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट आफ्नो पहिलो भगिनी सम्बन्ध सुरुवात गरेको हो ।

 


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?